राज्यका ३ वटै अङ्ग माथि आन्दोलनकारीको नियन्त्रण
काठमाडौँ, २४ भदौ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन चर्कँदै गएपछि आन्दोलनकारीहरूले राज्यका प्रमुख तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नियन्त्रणमा लिएका छन् । उनीहरूले संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतसहित मुख्य भवनहरूमा तोडफोड र आगजनी गरेका छन् । राजधानीभर उग्र प्रदर्शन फैलिँदै जाँदा प्रशासन र सुरक्षातन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
