SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०३:४६ PM · 1 मिनेट पढाइ

जेलबाट निस्केपछि रविले भने : लुटेराहरूको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै देशका प्रमुख राजनीतिक दलका नेताहरूलाई “लुटेरा” को संज्ञा दिँदै तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन् । आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, “यस देशका लुटेराहरूले सजाय पाउने क्रम सुरु भइसकेको छ ।