SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०२:२० AM · 1 मिनेट पढाइ

सुर्खेतमा कर्फ्यु जारी

सुर्खेत,२५ भदौ ।  सुर्खेतमा जेन जी आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु जारी गरिएको जनाएको छ । आज अपराह्न साढे चार बजेदेखि लागु हुने गरी अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।