SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०४:०२ AM · 1 मिनेट पढाइ

बाँकेमा झडप हुँदा ५ को मृत्यु

काठमाडौं, २५ भदौ । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।