SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०५:०२ AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

 काठमाडौं । सर्वोच्च अदालतमा भएको आगजनीका कारण सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ । मंगलबार जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा लागेको आगोले अदालत पूर्णरूपमा क्षतिग्रस्त भएपछि यस्तो निर्णय गरिएको हो । अदालतका मुख्य रजिष्ट्रारद्वारा बुधबार बिहान जारी गरिएको सूचनामा अदालतका मिसिल, सर्भर र इजलास पूर्णरूपमा जलेर नष्ट भएको उल्लेख गरिएको छ ।