त्रिभुवन विमानस्थल आज बेलुका ६ बजेसम्म बन्द
काठमाडौं, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुका ६ बजेसम्मका लागि बन्द गरिएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्मका लागि नियमित सबै उडान स्थगित गरिएको हो । यद्यपि, आपत्कालीन तथा मेडिकल उडान भने सञ्चालनमा रहनेछन् । यसअघि बिहान १२ बजेसम्मका लागि मात्र विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
