SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

अलपत्र परेका विदेशी नागरिकलाई उद्धारमा सहयोग गर्न नेपाली सेनाको आग्रह

काठमान्डौं, २५ भदौ । नेपाली सेनाले हालको जटिल परिस्थितिका बीच अलपत्र परेका विदेशी नागरिकहरूलाई उद्धार तथा आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित पक्षहरूसँग समन्वय गर्न आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित गर्दै विदेशी नागरिकहरूसँग प्रत्यक्ष सम्बन्ध रहेका होटल, पर्यटन व्यवसायी, तथा सम्बन्धित संघ–संस्थालाई उद्धार र सहजीकरणका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको हो ।