SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

संसद् भवनभित्र ३२ शव फेला भन्ने खबर असत्य हो : प्रहरी

काठमाडौं, २५ भदौ । जेनजी आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलिएको ूबेपत्ता ३२ जना संसद् भवनभित्र मृत फेलाू भन्ने खबर पूर्णतः असत्य भएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सो खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, उक्त दाबी भ्रमपूर्ण र तथ्यहीन भएको उल्लेख गरेको छ ।