SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

जेनजी नेतृ रक्षा बम छलफलबाट बाहिरिइन्

काठमान्डौ, २५ भदौ । जेनजी आन्दोलनको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन् । उनले वार्ताको प्रकृया आन्दोलनको न्यूनतम मान्यता विपरीत अघि बढेको भन्दै आफू र केही साथीहरू बाहिरिएको स्पष्ट पारिन् । जेनजी आन्दोलनको कुनै एकल नेतृत्व नभइ विभिन्न समूहले सामूहिक रूपमा अगाडि बढाएको बमले उल्लेख गरिन ।