SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

प्रदर्शनमा घाइते भएका थप दुईको मृत्यु

काठमाडौं, २५ भदौ । मंगलबार काठमाडौंको कालिमाटीमा भएको प्रदर्शनका क्रममा घाइते भएका थप दुई जनाको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । दुवै जनालाई पेटमा गोली लागेको अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।