SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

शिवपुरी गणबाट ओलीको भावुक सन्देश: व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन

काठमाडौं, २५ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थाको संरक्षणलाई जीवनकै मूल उद्देश्यका रूपमा चित्रण गरेका छन् । उनले मुलुकमा स्थापित वर्तमान लोकतान्त्रिक–संविधानिक व्यवस्थासँग कुनै सम्झौता नहुने भन्दै पदभन्दा व्यवस्था नै आफूका लागि ठूलो भएको स्पष्ट पारेका छन् । ओलीको सन्देश एमाले नेतृ शान्ता चौधरीले फेसबुकमा शेयर गरेकी हुन् ।