SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

सल्यानमा कर्फ्यु जारी

सल्यान, २५ भदौ । सल्यान जिल्लामा सार्वजनिक संरचनामा क्षति पु‍र्‍याउने सम्भावित जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार बेलुका ५ बजेदेखि विहिबार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरेको हो ।