SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

पार्टीपंक्तिलाई बिचलित नहुन आग्रह गर्दै शंकर र प्रदीपले भने–संविधानसम्मत निकास खोजिनुपर्छ

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन् । उनीहरूले असामान्य परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।