SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०१:३२ PM · 1 मिनेट पढाइ

सुर्खेतमा पुनः कर्फ्यु जारी

सुर्खेत, २५भदौ । सुर्खेतमा आज साँझ पाँच बजेदेखि लागु हुने गरि पुनः कर्फ्यु जारी गरिएको छ । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नेपाली सेनाले नागरिकलाई आग्रह गरेको छ । अहिले वीरेन्द्रनगरका मुख्य सडक तथा चोकहरुमा सेना परिचालन गरिएको छ ।