SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

रविको प्रस्टीकरण: म आफै निस्किएको होइन, भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नख्खु कारागारबाट स्वेच्छाले ननिस्किएको दाबी गरेका छन् । उनले कारागार प्रशासनले भिड नियन्त्रण गर्न नसक्ने अवस्थामा आफूलाई जबरजस्ती बाहिर निकालेको स्पष्ट पारेका छन् । मंगलबार नख्खु कारागारबाट निस्किएपछि सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत लामिछानेले भने, “मैले बिनापत्र जान्न सक्दिन भनेको थिएँ ।