SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०१:५७ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा २ घण्टाको लागि कर्फ्यु खुल्ला

भैरहवा, २६ भदौ । जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ७ बजे देखि ९ बजे सम्मलाई कर्फ्यु खुलाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले सूचना जारी गरि बिहान ९ बजे सम्मलाई कर्फ्यु खुलाएको जनाएका छन् । बिहान ९ बजे पछि साँझ ७ बजे सम्म फेरि कर्फ्यु यथावत् रहने सूचनामा उल्लेख छ ।