SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०२:३२ AM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द रहने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ । आज बिहान विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा देशभर विद्यमान असामान्य परिस्थितिका कारण सो निर्णय गरिएको उल्लेख छ ।