SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन शान्तिपूर्ण दिशामा अघि बढ्न पर्छ: डा. भट्टराई

काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी आन्दोलन शान्तिपूर्ण दिशा तर्फ उन्मुख हुनु सकारात्मक संकेत भएको बताएका छन् । भट्टराईले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्व वा अल्पज्ञानी जनसाधारणले जस्तो सोच्न सक्ने अवस्था, देश संविधानविहीन वा राज्यविहीन शून्यतामा पुगेको छैन भनेका छन् ।