SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०४:५७ AM · 1 मिनेट पढाइ

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक छलफल

२६ भदौ, काठमाडौं ।अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन् र आजको छलफलले यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ ।