SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

जेननीको अन्दोलनपछि नेपालगञ्जको जनजीवन सहज बन्दै

बाँके, २६ भदौ । नेपालगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा केही दिनदेखि तनावपूर्ण बनेको जनजीवन  बिहिबारदेखि सहज बन्दै गएको छ । गत २३ र २४ गते ‘जेननी’ समूहको अन्दोलनका कारण ठप्प बनेको बजार, यातायात र दैनिक गतिविधि आज भने क्रमशः सामान्यतर्फ फर्किरहेको छ । अन्दोलनका कारण दुई दिनसम्म नेपालगञ्जमा मानिसहरू ओहोरदोहोर गर्नसमेत कठिन भएको थियो ।