SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

गगन थापा भन्छन -निर्णय रोक्न नसकेकोमा म माफी माग्छु

काठमान्डौ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकोमा पश्चाताप व्यक्त गरेका छन् । भदौ २३ गते १९ युवाको मृत्यु भएको घटनालाई ‘अपराध’ भन्दै उनले माफी मागेका छन् । “म प्रत्यक्ष संलग्न छैन, तर पनि माफी माग्छु,” उनले बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् ।