SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०७:४९ AM · 1 मिनेट पढाइ

कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि जेनजीको प्रस्ताव

काठमाडौं, २६ भदौ । राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । जेन–जीका एक समूहद्वारा बिहीबार जारी विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिति नियन्त्रण र सुशासन स्थापनाका लागि गरिएको आन्दोलन ऐतिहासिक सफलतासम्म नजिकिएको उल्लेख गरिएको छ ।