SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

हामी र अरू पार्टी एउटै होइनौं : प्रचण्ड

काठमाडौं, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सिर्जना भएको राजनीतिक अन्योलको समाधान संविधानभित्रै खोज्नुपर्ने बताएका छन् । बिहीबार सार्वजनिक अपिलमार्फत प्रचण्डले संविधानबाहिरबाट समाधान खोज्ने प्रयासले प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने चेतावनी दिएका छन् ।