SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

३ दिन हुँदा पनि छैन क्षतिको यकिन जानकारी

भैरहवा, २६ भदौ । जेनजी आन्दोलनको क्रममा रुपन्देही जिल्लामा भएको क्षतिबारे अझै सम्म यकिन विवरण आएको छैन । आन्दोलनको क्रममा जिल्लामा सरकारी कार्यालय, जनप्रतिनिधिका घर, व्यापारिक प्रतिष्ठा, बैङ्क तथा वित्तीय संस्थामा क्षतिको साथै लुटपाट समेत भए पनि अहिले सम्म क्षति सङ्कलनको कार्य नै सुरु गर्न सकिएको छैन ।