SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

‘प्रोटोन ई.मास सेभेन’ ईभी रुपन्देहीमा सार्वजनिक, ४१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी

बुटवल, २१ भदौ । ‘टाईम टु ईलेक्ट्री फाई बुटवल’ नारासहित ‘प्रोटोन ई.मास सेभेन’ ईभी बुटवलमा सार्वजनिक गरिएको छ । बालाजी ई अटोमोबाईल प्रालिले बुटवलमा यो गाडी भित्राएको हो । डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक भएपछि नेपालमा पनि यसको प्रतीक्षा गरिएको थियो । जगदम्बा मोटर्सले नेपाली बजारमा गाडी भित्राएको हो ।