SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

आजदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै

नेपालगन्ज, २० भदौ । नेपालगन्ज रङ्गशालामा आज देखि नेपालगन्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक बिच हुनेछ ।  दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आज देखि २७ गते सम्म चल्नेछ ।