SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ०६:३९ AM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन रोक छैन : देउवा

काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले रोकटोक नगरेको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले संविधानमा यस विषयमा स्पष्ट रूपमा निषेध नभएको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाल नेकपा एमालेको राजनीतिमा सक्रिय देखिएकी छन् ।