SHARE
बुटवल टुडे · शनिबार २१ भौ २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

मुख स्वस्थ्य महाअभियानको १६ औ दिन खुला रक्तदान

बुटवल, २१ भदौ । नेपाल नियमित रक्तदान संघद्घारा मासिक नियमित रक्तदान तथा आधुनिक समाज डेन्टल केयर प्रालिको मुख स्वास्थ्य महाअभियान २०८२/०८३ को सन्दर्भमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० युनिट रगतसंकलन भएको संयोजक गोबिन्द पोखरेलले बताए ।