SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०३:१५ AM · 1 मिनेट पढाइ

‘अब नयाँ जीवनको शुरुआत भयो’

लमही,२२ भदौ ।  गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाकी जिबी बिकको घरको शिलान्यास भएको छ । अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने कार्यक्रम अनुसार बिकको घर बन्न लागेको हो । गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण  गर्ने २०८२ भदौ ५ गते गढवा गाउँपालिकामा त्रिपक्षीय सम्झौता भएको थियो ।