SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुवेदी 

रोल्पा, २२ भदौ । रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वसन्त सुवेदी सर्वसम्मत चयन भएका छन् । सङ्घको भदौ २० र २१ गते सम्पन्न नवौँ अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मिलन रोकामगर र उपाध्यक्ष वसन्ता आचार्य चयन भएका छन् ।