SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०६:२४ AM · 1 मिनेट पढाइ

२२औं निजामती सेवा दिवसः सरकारले पुरस्कार दिने कर्मचारी नै भेट्टाएन

काठमाडौँ, २२ भदौ । निजामती सेवा दिवसका अवसरमा हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको सरकारले यस वर्ष भने कुनै पनि कर्मचारीलाई पुरस्कार नदिने निर्णय गरेको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको २२औँ निजामती सेवा दिवसको मूल समारोह भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको छ ।