SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०७:४० AM · 1 मिनेट पढाइ

कतारमा सुदूरपश्चिमेली समाजको “गौरा पर्व”

दोहा (कतार), २१ भदौ । कतारमा रहेका सुदूरपश्चिमेली नेपालीले आफ्नो मौलिक पर्व गौरा यस वर्ष पनि धूमधामका साथ मनाएका छन् । सुदूर पश्चिमेली नेपाली समाज कतारको आयोजनामा समाजको दशौँ वार्षिकोत्सव तथा गौरा विशेष कार्यक्रम–२०२५ शुक्रबार सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।