SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०७:४९ AM · 1 मिनेट पढाइ

सुनकोसीमा बेपत्ता किशोरको शव फेला

काठमाडौँ, २२ भदौ । गत शुक्रबार सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय प्रख्यात मग्रातीको शव फेला परेको छ । गोलन्जोर गाउँपालिका–६ बलेनीघाटका पवन मग्रातीका छोरा प्रख्यातको शव गोताखोर र प्रहरी टोलीले घटनास्थल नजिकैबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।