SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०७:५५ AM · 1 मिनेट पढाइ

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमान्डौ, २२ भदौ ।  नेपाली काँग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकार सँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन ।