SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०१:३८ AM · 1 मिनेट पढाइ

आज यी क्षेत्रहरूमा भारी वर्षाको जोखिम, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, २२ भदौ  । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानमा छ भने पश्चिमी भागमा औसतभन्दा केही दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।