SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०२:४८ AM · 1 मिनेट पढाइ

रेसुङ्गा नगरपालिका: तीन वर्षमा ६४ किलोमिटर पक्की सडक

गुल्मी, २३ भदौ । देश सङ्घीय संरचनामा गइसकेपछि पछिल्लो समयमा स्थानीय तहहरूमा विकास निर्माणको काम तीव्र रूपमा अगाडि बढ्दै गएको छ । गाउँमा अप्ठ्यारा भीरपाखाहरू मोटर बाटाले छिचोलिएका छन् भने, हिजोसम्म धुलाम्मे र हिलाम्मे सडकहरू समेत पक्की भएका छन् । गाउँ र नगरमा विकासले फड्को मार्दै गएको छ ।