SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०३:१० AM · 1 मिनेट पढाइ

सेङलेङ लेकमा चिया खेती फैलाउँदै

अर्घाखाँची, २३ भदौ । समुन्द्री सतहदेखि २ हजार मिटर भन्दा बढी उचाइमा रहेको सेङलेङ लेकलाई चिया बगान र पर्यटन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएको छ । भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित सेङलेङ लेकमा २० रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ । देउराली लालीगुराँस सामुदायिक वनमा २१ हजारभन्दा बढी चियाका बोट छन् ।