SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०४:३० AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल नियन्त्रण होइन, कानूनी नियमन आवश्यक छ -मिडिया सोसाइटी

काठमान्डौ, २३ भदौ । नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुको सट्टा स्पष्ट कानूनी व्यवस्था गरेर नियमन गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कानूनी दृष्टिले औचित्यपूर्ण देखिए पनि व्यावहारिक रुपमा यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष असर गर्ने सोसाइटीको ठहर छ ।