SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०५:०१ AM · 1 मिनेट पढाइ

भ्रष्टाचार अन्त्यको माग गर्दै बुटवलमा जेनजीको प्रदर्शन (फोटो फिचर)

बुटवल, २३ भदौ । सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नियन्त्रणकारी निर्णयविरुद्ध सडकमा उत्रिएका हुन् । बिहानैदेखि प्लेकार्ड र नाराबाजीसहित प्रदर्शनमा जुटेका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत विरोध गरेका थिए ।