SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

थवाङका बालबालिकालाई टेक्निसियन बनाउँदै मेट्रोका विद्यार्थी

तुलसीपुर, २३ भदौ । भुमे–७ पूर्वी रुकुमकी भावना बुढाको घरमा बिजुली बल्न थालेको धेरै भयो तर सानोतिनो समस्या आउँदा पनि समयमै प्राविधिक नहुँदा लामो समयसम्म कुर्नुपर्ने अवस्था सृजना भएको थियो । “कहिलेकाहीँ त सामान्य बिग्रँदा पनि महिनौँ कुर्नुपर्थ्यो” उनले भनिन् । यस्तै समस्याका बिचमा इलेक्ट्रिसियनको तालिम लिइरहेकी भावना अहिले निकै खुसी छन् ।