SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

जेनजीको स्वर अब केवल स्वर होइन, भविष्यको घोषणापत्र हो- सांसद गौतम

काठमान्डौ, २३ भदौ । प्रतिनिधि सभा सदस्य सोविता गौतमले नयाँ पुस्ता (जेनजी) को आन्दोलनलाई समर्थन गर्दै सरकारसँग संवादमार्फत उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेकी छन् । सांसद गौतमले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको गैरलोकतान्त्रिक निर्णयविरुद्ध उठेको यो आन्दोलन कुनै दल विशेषसँग सम्बन्धित नभई ‘चेतनशील युवा पुस्ताको नागरिक गर्जन भएको बताइन् ।