SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

सुनको मूल्य आज घट्यो

काठमाडौँ, २३ भदौ । सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ थियो, जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।