SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०६:२५ AM · 1 मिनेट पढाइ

आजदेखि सोह्र श्राद्ध सुरु

काठमान्डौ, २३ भदौ ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् आरम्भ भएको छ । सोह्र श्राद्धको आरम्भका दिन सोमबार प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।