SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०६:४० AM · 1 मिनेट पढाइ

संसद् भवनभित्र प्रवेश गरे जेनजी

काठमाडौं, २३ भदौ । प्रदर्शनकारी जेनजी युवाहरूले संघीय संसद् भवनमा प्रवेश गरेका छन् । प्रहरीको घेरा तोड्दै उनीहरूले गेटबाट चढेर संसद् भवनभित्र प्रवेश गरेका थिए । हाल प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन अश्रुग्यास प्रहार गरिरहेको छ ।