SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०७:०९ AM · 1 मिनेट पढाइ

जेनजीद्वारा संसद् भवनका तीनवटै गेट घेराउ

काठमाडौँ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको तीनवटै गेट जेनजीहरूले घेरेका छन् । सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा ओर्लिएका उनीहरूले संसद् भवन अगाडिको सडक पूर्ण रूपमा कब्जा गरेका छन् । प्रदर्शनकारीहरूको एक समूह संसद् भवनको परिसरभित्र प्रवेश गरेको छ । प्रदर्शनकारीले संसद् भवनभित्र ढुंगा प्रहार गरिरहेका छन् ।