SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

प्रहरीको गोली लागी १ जेन्जी प्रदर्शनकारीको मृत्यु

 काठमाडौं, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेमध्ये एकजनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले पुष्टि गरेका छन् । उनका अनुसार हाल करिब ७० देखि ८० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।