SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

जेनजीको आन्दोलनसँगै आंशिक रूपमा फेसबुक खुल्न थाल्यो

काठमाडौं, २३ भदौ । जेनजी युवाहरूको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक आंशिक रूपमा चल्न थालेको छ। वर्ल्डलिंक, सुबिसु लगायतका इन्टरनेट सेवा प्रदायकमार्फत फेसबुकसहितका सामाजिक सञ्जाल खोलिन थालेका हुन् । तर नेपाल दूरसञ्चार प्राधिकरणले भने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय यथावत् रहेको स्पष्ट पारेको छ ।