SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ १०:०३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको आदेश

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा ल्याइएका घाइतेको उपचारमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।