SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

मृत्यु सङ्ख्या १४ पुग्दा घाइतेको यकिन विवरण आउन सकेन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा यो समाचार तयार पार्दासम्म १४ जनाले ज्यान गुमाएका छन् । नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, घाइते भई विभिन्न अस्पताल पुर्‍याइएकामध्ये थप १३ जनाको मृत्यु भएको छ ।