SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु

नेपालगञ्ज, २३ भदौ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका क्रममा थुनुवा बनाइएका जानकी गाउँपालिका–६ का ३८ वर्षीय बीरेन्द्रबहादुर सिंहको सोमबार बिहान उपचारकै क्रममा ज्यान गएको हो । सिंह तीन दिनदेखि प्रहरी हिरासतमा रहेका थिए ।